तपाईँ सुन्दै हुनुहुन्छः

लगातार वर्षाको सम्भावना, शनिबारबाट तुवाँलो हट्ने

काठमाडौं- पश्चिमी वायुको प्रभाव कारण भोलि (बुधबार)बाट देशका पहाडी भूभागमा वर्षा हुने भएको छ ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएकाले बुधबार, बिहीबार र शुक्रबार विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशका पहाडी क्षेत्रमा मात्रै वर्षा हुनेछ भने बिहीबार र शुक्रबार तराईका भूमागमा पनि वर्षा हुने सम्भावना रहेको छ। धेरैजसो ठाउँमा हल्का मात्रै वर्षा हुनेछ ।

काठमाडौं उपत्यकामा पनि तीन दिननै हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । उनका अनुसार वर्षासँगै उपत्यकासहित देशका विभिन्न ठाउँको आकाशमा देखिएको तुवालो हट्ने छ । शनिबारबाट आकाश सफा हुने उनले बताइन् ।

यस्तै आज काठमाडौं उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको मौसमविद् नगरकोटीले बताइन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button