तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बीमा कार्यक्रम पर्वतमा शुरु भो

पर्वत। स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम यहाँ शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ५२ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।

सोमबार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुभारम्भ गरिएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई ‘स्वास्थ्य बीमा सदस्यता परिचयपत्र’ वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

सो कार्यक्रम गण्डकी प्रदेशका अन्य ६ जिल्लामा लागू भइसकेको छ । जिल्लाका स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो ।

स्वास्थ्य बीमा गर्नका लागि पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने जनाइएको छ । साथै बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।

त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु २० हजार थप गरी रु दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्थासमेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख पौडेलले बीमा कार्यक्रमलाई जिल्लाभर प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशमा स्वास्थ्य बीमाको अवस्थाबारे बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button