तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित

काठमाडौँ ।राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ ।

पूर्वसांसद ज्ञवाली विसं २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति ज्ञवालीको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button