तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कोरोना भाइरसमुक्त रहेकोले चिनिया पर्यटकलाई नेपाल भ्रमण गर्न सरकारको आह्वान

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले चिनिया पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमुलक सामग्री तयार गरी चिनिया सञ्चार माध्यमहरुबाट प्रचार गर्ने व्यबस्था मिलाउने निर्णय गरेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले मन्त्रालयले कोरोना भाइरसको प्रभावबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमुलक सामग्री अंग्रेजी, चिनिया र हिन्दी भाषामा तयार गरी सम्प्रेषण गर्ने निर्णय पनि गरेको छ ।

बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालमा उडान गर्न इच्छुक अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ ।नेपालका पर्यटन स्रोत बजारहरुलाई लक्षित गरी उडानका लागि आवश्यक प्रकृया र तयारी गर्न नेपाल वायूसेवा निगमलाई जिम्मेवारी दिएको छ ।

पर्यटन मन्त्रालयका अनुसार, पर्यटन बजार प्रवद्र्धनका वैकल्पिक उपायहरु अवलम्बन गर्न भारत, चीन, दक्षिण एसियाक अन्य मुलुकहरु मध्यपूर्व र पूर्वी एसियासहित विभिन्न १० वटा डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button