तपाईँ सुन्दै हुनुहुन्छः

सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाइ नगद सहयोग

डोल्पा । डोल्पामा रहेको सिटिजन्स इन्टरनेशनल बैँकको शाखाले बहिरा तथा अपाङ्ग बालबालिका र अन्य बालबालिकाहरुलाइ ५०/५० हजारको चेक दिएर सहयोग गरेको छ ।

सिटिजन्स बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत डोल्पामा पहिलो पटक मुकुटेश्वर अपाङ्ग सेवा समिति डोल्पाका २० जना फरक क्षमता भएको बालबालिका र बाल मन्दिर आधारभुत बिद्यालयतका १० जना बहिरा बालबालिकाहरुलाइ ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

त्यसैगरि सदरमुकाममै रहेको सरस्वती माध्यामिक बिद्यालयका बालबालिकाहरुको लागि पनि ५० हजारको चेक हस्तान्त्रण गरेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाका प्रबन्धक नबिन बोहोराले जानकारी दिनुभयो ।

बैँकले हस्तान्त्रण गरेको रकमबाट अपाङ्ग बालबालिकाहरुलाइ लत्ता कपाडा र खानेकुरा किन्ने मुकुटेश्वर अपाङ्ग सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । भने सरस्वती माबिमा भने खेलकुदका सामाग्रिहरुमा खर्च गर्ने भन्दै प्रधानाध्यापक सत्यनारायण सिँहले बैँकलाई धन्यबाद दिनुभयो ।

बैँकले सामाजिक सेवामा ठुलो रकम सहयोग गरेको यो पहिलो पटक हो । सिटिजन्स इन्टरनेशल बैँकको शाखाको डोल्पामा २०७१ जेष्ठ १० गते शुभारम्भ गरिएको थियो भने हाल यसका ८९ शाखा र ९० एटिएम रहेको शाखा प्रमुख बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button