तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता पारिएका व्यक्तिको छानबिनको लागि कमिटि बनाई काम शुरु

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बिक्रम सम्बत २०५२ साल फागुन १ गते देखि २०६३ मंसिर ६ गते सम्म द्वन्दमा परेकाहरुको छानविन गरी सत्य तथ्य ल्याउने काम सुरु गर्न लागेको जनाएको छ ।

सो आयोगद्वारा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष युवराज सुबेदीले दोस्रो चरणको छानबिनका लागि चार वटा कमिटि बनाएर रोल्पाबाट सुरु गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले आयोगमा २५०६ थान उजुरी रहेको भन्दै सबै मुद्धाको छानविन र अध्ययन सुरु गरी सकिएको बताउनु भयो ।

अध्यक्ष सुवेदीले आफ्नो एक वर्षे कार्यकालमा सबै मुद्धालाई किनारा लगाई सम्बन्धित पिडितलाई न्याय दिलाइने दृढता व्यक्त गर्नुभयो ।

उहाँले बेपत्ता भएका व्यक्तिहरुको कुनैपनि सम्पत्ति रोक्का भएको भए त्यसको लागि आयोगमा सम्पर्क गर्न पनि अनुरोध गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button