तपाईँ सुन्दै हुनुहुन्छः

एएफसीद्वारा मच्छिन्द्र क्लबलाई बधाई

काठमाडौं । एशियन फुटबल महासंघ एएफसीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबलाई बधाई दिएको छ । नेपालको ए डिभिजन लिगको नयाँ च्याम्पियन भएको भन्दै एएफसीले मच्छिन्द्रलाई बधाई दिएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाउँदै एएफसीले नेपाल च्याम्पियन मच्छिन्द्रसँगै लिग सफल रुपमा आयोजना गरेको एन्फालाई पनि बधाई दिएको छ ।

यसका साथै मच्छिन्द्रलाई सन् २०२१ को एएफसी क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धाका लागि स्वागत गरेको छ । जसका लागि मच्छिन्द्रले क्लब लाइसेन्सको आवश्यक मापदण्डहरु पुरा गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै एशियाको क्लब फुटबलमा पुर्याएको योगदानको कदर गर्दै धन्यवादपनि दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button