तपाईँ सुन्दै हुनुहुन्छः

खवास ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा फुटबलतर्फ भरत वर्षको उत्कृष्ट खेलाडी चुनिदै वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।

यस्तै भलिबलतर्फको उत्कृष्ट खेलाडी बन्दै रष्ट्रिय टोलीका सदस्य तथा एपीएफ क्लबकी सरस्वती चौधरीले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेकी छिन् ।

त्यस्तै टेबलटेनिसमा नविता श्रेष्ठले वर्ष खेलाडी अवार्ड जित्दा तेक्वान्दोमा निमा गुरुङले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाए । एथलेटिक्समा अजित कुमार यादब, बक्सिङमा पुनम रावल, करातेमा विजय श्रेष्ठ, जुडोमा इन्द्र श्रेष्ठ, उसुमा जुनी राई र ब्याडमिन्टनमा दिपेश धामीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जिते ।

बसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी सम्मानित भएका हुन् । एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो ।

उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार नगद प्राप्त गरे ।

यस्तै वर्षको उदयमान खेलाडी अवार्डको पुरुषमा एथलेटिक्सका अजित कुमार यादव र महिलामा भलिबलकी सरस्वती चौधरीले प्राप्त गरिन् । उनीहरुले जनही ५०–५० हजार प्राप्त गरे ।

पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्बाडबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ सम्मानित भए । उनले ३५ हजार प्राप्त गरे ।

एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै खेल पत्रकार प्रज्वल ओलीलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button