तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

निर्वाचन आयोगले निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।

निर्वाचन दिवसका अवसरमा आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुले संयुक्तरुपमा सत्र प्रकारका नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका लोकार्पण गर्नुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगाम िनिर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन आयोगले “लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता” भन्ने नाराको साथ मतदाता शिक्षा अभियान प्रारम्भ गर्न लागेको जानकारी दिनुभयो ।

यसैगरी आयोगले “एक भोट” नामक लघु चलचित्र निर्माण गरी आज देखि प्रदर्शन प्रारम्भ गरेको छ ।

चलचित्रले निर्वाचनमा एक भोटको महत्व तथा निर्वाचनका समयमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरूबाट निर्वाचनलाई के कसरी प्रभावित गर्न सक्दछ र त्यसबाट सजग र सचेत कसरी रहने भन्ने संदेश समेत दिएको छ ।

उपनिर्वाचन, २०७६ का सन्दर्भमा निर्वाचन सम्बन्धी गतिविधिहरूलाई समेटेर छायांकन गरिएको संक्षिप्त भिडियो समेत आज प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button