तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन हुने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन आयोजना गरिने भएकोछ ।

नेपाली सेनाको संयोजन तथा काठमाडौं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको समन्वयमा यही फागुन ९, २३ र २४ गते बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा साँझ ५ बजेदेखि निःशुल्क सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएकोछ ।

कार्यक्रममा नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याड प्रदर्शन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button