२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

३२९ कैदीको कैद मिनाहा

रेडियो नेपाल २०७६ फागुन ६ गते २१:४४

रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्नुभएको हो ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

२९ मिनेट अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

३४ मिनेट अगाडि रेडियो नेपाल

सगरमाथा आरोहण शुरूः कामीरिताको २५ औँ विश्व कीर्तिमान

३ घन्टा अगाडि सिबी अधिकारी / भोजराज कार्की