२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

हातहतियार मुद्दाका तीन अभियुक्तलाई कैद

रेडियो नेपाल २०७६ फागुन ७ गते ७:१५

दमौली-तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले मङ्गलबार जानकारी दिनुभयो ।

सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले अदालतबाट सफाइ पाएका छन् । नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो । निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोवार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

३४ मिनेट अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

३९ मिनेट अगाडि रेडियो नेपाल