तपाईँ सुन्दै हुनुहुन्छः

वुहानबाट ल्याईएका सबै नेपालीमा कोरोनाको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहानबाट उद्धार गरी ल्याईएका एक सय ७५ जना नेपालीमा नोभेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नरहेको जनाएको छ ।

मन्त्रालयले आज काठमाडौँमा पत्रकार सममेलन गरी यही फगुन ४ गते वुहानबाट ल्याईएका सबै नेपालीको नाक र घाँटी भित्रबाट लिईएको नमूना (स्वाव) परीक्षण गर्दा नोभेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको जनाएको हो ।

नेपाल आएदेखि नै भक्तपुरको खरीपाटीस्थित नेपाल बिद्युत प्राधिकरणको तालिम केन्द्रमा तयार पारेको क्वारेन्टाईनमा रहेका उनीहरूको १४औँ दिनपछि अर्थात् यही फागुन १८ गते पुनः नाक र घाँटी भित्रको स्वाव परीक्षण गरी त्यसमा समेत संक्रमण नभएको पुष्टी भए मात्रै उनीहरूलाई घर पढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयले नोभेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुनसक्ने आशंकामा चीनबाट ल्याईएका एक सय ७५ जना समेत गरी जम्मा दुई सय १० जनाको नमूना संकलन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरेको र हालसम्म एक जनामा मात्रै संक्रमण भएको भेटिएको र उनी समेत उपचारपछि हाल स्वस्थ्य रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button