तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको राष्ट्रपतिमा घानी निर्वाचित भएको निर्वाचन आयोगको घोषणा

काबुल। राष्ट्रपतीय चुनाव सकिएको झन्डै पाँच महिनापछि अफगानिस्तानको निर्वाचन आयोगले वर्तमान राष्ट्रपति असरफ घानीलाई नै मंगलबार निर्वाचित घोषणा गरेको छ ।

स्वतन्त्र निर्वाचन आयोगका अनुसार गत सेप्टेम्बर २८ मा भएको राष्ट्रपतीय चुनावमा घानीले ५०.६४ प्रतिशत मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी वर्तमान प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेको आयोगलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । धाँधली गरेको आ रोप लागेपछि पुनः मतगणाना भएकाले परिणाम सार्वजनिकमा ढिलाइ भएको थियो ।

आन्तरिक गृहयुद्धमा फसेको अफगानिस्तानमा पछिल्लो पाँच वर्ष एकताको सरकारको नाममा घानी र अब्दुल्लाहले शक्ति बाँडफाँड गर्दै आएका छन् ।

यसअघि सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लागेपछि अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा एकताको सरकार गठन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button