तपाईँ सुन्दै हुनुहुन्छः

संघीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख दायित्व : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख दायित्व भएको बताउनु भएको छ ।

राष्ट्रिय समाचार समितिको ५९औं बार्षिकोत्सवका अवसरमा आज धनगढीमा आयोजित समृद्धि प्राप्तिमा सञ्चारको भूमिका बिषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको समृद्धिका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले संघीयता संस्थागत हुने गरी काम गर्न आवश्यक रहेको उल्लेख गर्दै अहिले नै संघीयता माथी समिक्षा गर्नु हतारोको टिप्पणी हुने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले जनताको अपेक्षा अनुसार सरकारी सेवा प्रवाह एवं बिकास निर्माण अघि बढाएर लैजाने कार्यमा सरकार प्रत्यनशिल रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार सञ्चारमैत्री कानुन ल्याउने पक्षमा रहेको उल्लेख गर्दै मिडियामा सकारात्मक बिषयबस्तु आउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा काननु मन्त्री प्रकाशबहादुर शाहले मिडिया क्षेत्रको सम्र्वद्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति प्रदेश कार्यालयका निमित्त प्रमुख सिद्धराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङ्ग, प्रदेश सभा सदस्यद्धय भरत खड्का र मालामती रानालगायतले धारणा राख्नु भएको थियो ।

त्यस अवसरका प्रदेशका रासस उत्कृष्ट समाचारदाता रुपमा डोटीका बिमल बिष्टलाई १५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button