तपाईँ सुन्दै हुनुहुन्छः

झापाको कन्काईबाट अवैध काठसहित पिकअप नियन्त्रणमा

झापा । झापाको कन्काई नगरपालिका वडा नं ३स्थित सुरुङगाबाट प्रहरीले अवैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ ।

कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगाको बिशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोष्ट सुरुङगाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को १ च ६४०४ नं को पिकअप गाडीमा लोड गरी अवैध रुपमा लैजाँदै गरेको सखुवा जातको ४६ क्यु. बि. काठ फेला पारेको हो ।

बरामद गरिएको काठ, पिकअप र पिकअप चालक झापा गौरादह ५ का ३६ बर्षिय देब थापालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

चालक थापालाई आवश्यक कार्वाहीको लागि कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी झापा बुद्धशान्ति गा.पा. ३स्थित हडिया खोलाको बगरमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सखुवा जातको ११ क्यु फिट काठ बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button