तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु   

फाइल तस्बिर

मेलबोर्न – अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button