तपाईँ सुन्दै हुनुहुन्छः

प्रजातन्त्र दिवस अवसरमा सल्यानमा तीन कैदीको कैद मिनाह

सल्यान । प्रजातन्त्र दिवसको अवसर पारी सल्यानमा तीन जना कैदीको कैद मिनाह गरिएको छ । कारकागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई दिवसको अवसर पारेर तीन जनालाई कैद मिनाह गरिएको हो ।

कारागार रहँदा अनुशासन, असल आचरण तथा व्यवहार राम्रो गरेका तीन जना कैदीहरुलाई कैद सजाय माफी भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।

कर्तव्य ज्यानका आरोपी एक, सवारी ज्यानका आरोपी एक जना र ज्यान मार्ने उद्योगका एक जना गरी तिन जना कैदीको कैद मिनाहा गरिएको कारागारका जेलर बल बहादुर केसीले बताउनुभयो ।

कैद मुक्त हुनेहरुमा कर्तब्य ज्यानका बागचौर नगरपालीका वडा नम्बर ४ का गणेश सुनार, शारदा नगरपालीका ६ का हस्त बहादुर बिष्ट र गौमती रोका रहेका छन् । उनहिरुको असल चालचलन भएका, तोकिएको शर्त पुरा गरेका, कम्तीमा ५० प्रतिशतभन्दा माथी कैद भुक्तान गरेका कैदीलाई कारागार मुक्त गरिएको केसीले बताउनुभयो ।

संबिधानको धारा २ सय ७६ अनुसार बिभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरुको चालचलनका आधारमा बाँकी कैद माफि दिने व्यवस्था गरिएको छ ।

सरकारले हरेक बर्ष बडा दशैँ, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, र संबिधान दिवस पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button