तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन मूल समारोह समिति गठन

काठमाडौँ । एक सय १०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समिति गठन गर्न आज मन्त्रालयमा बिभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी बैठकमा मन्त्री गुरुङले महिलामाथि हुने सबै खाले हिंसा, विभेद र असमानताको अन्त्य गर्न सरकार लागि परेको बताउनुभयो ।

समाजमा जरो गाडेर बसेको कुरितीहरु अन्त्य गरिने गरी कार्ययोजना बनाएर मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले यस बर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नयाँ ढंगले मनाइने बताउनुभयो ।

एक सय १०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा यही फागुन २५ गते मन्त्रालयको अगुवाईमा राष्ट्रिय सभागृहमा बृहत कार्यक्रमको आयोजना गरिने मन्त्रालयले जनाइएको छ ।

हरेक वर्ष अंगे्रजी महिनाको मार्च ८ का दिन बिश्वभरी नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button