तपाईँ सुन्दै हुनुहुन्छः

शिवरात्री पर्वको आवश्यक तयारी पुरा

फाइल तस्बिर

काठमाडौँ । शिवरात्री पर्वको अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक तयारी पुरा भएकोे छ ।

पशुपति क्षेत्र विकास कोषद्धारा आज आयोजित पत्रकार सम्मेलनमा फागुन ९ गते शुक्रबार शिवरात्रीका दिन दर्शनार्थीहरु प्रवेशका लागि पशुपतिनाथ मन्दिरको चार वटै ढोका खुला गरिने प्रचारप्रसार उपसमितिका संयोजक डाक्टर मिलनकुमार थापाले जानकारी दिनुभयो ।

मन्दिर प्राङ्गण प्रवेशका लागि उत्तर, पश्चिम र दक्षिणढोका खुला गरिनुका साथै मन्दिर दर्शन पश्चात पुनः सोही मार्गहुदै बाहिरीने व्यवस्था मिलाइएको बताईएको छ ।

शिवरात्रीका दिन पशुपतिनाथ क्षेत्रमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि छ हजार सुरक्षाकर्मी परिचालन गरिने छ ।

शिवरात्री पर्वमा नशालु पदार्थहरुको बिक्रीबितरण, सेवन र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाईएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button