तपाईँ सुन्दै हुनुहुन्छः

सेमिफाइनलमा आर्मी र मच्छिन्द क्लव भिड्ने

झापा । झापाको झिल्झेलेमा जारी साताक्षी गोल्डकपको सेमिफाइनलमा आर्मी र मच्छिन्द क्लव भिड्ने भएका छन ।

एक सातको फरकमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन । ए डिभिजन लिगको अन्तिम खेलमा आमनेसामने भएका यी दुई टिम फेरी सताक्षी गोल्डकपको सेमिफाइनलमा भिड्ने पक्का भएको छ ।

बुधबार सम्पन्न खेलमा यस सिजनको ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले गोर्खा ब्वाइजबिरुद्ध २–१ को जित निकालेको छ ।

यो जीत सँगै मछिन्द्र जारी साताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसभन्दा अघि भारतको एम.एफ.सी दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले फाइनलको यात्रा पक्का गरिसकेको छ ।

यसपटक पनि फाइनलमा आर्मी र मछिन्द्र भिड्ने भएका छन् । यस सिजनको ए डिभिजन लिगमा मछिन्द्रले नेपाल आर्मीलाई १–० ले पराजित गर्दै ए डिभिजनको उपाधि हात पारेको थियो । प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button