तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफ, दिदीबहिनी कप महिला राष्ट्रिय भलिबलको सेमिफाइनलमा

पर्वत । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लव पर्वतमा जारी दिदीबहिनी कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पर्वतको बेनीमा भएको खेलमा एपीएफले चिरप्रतिद्धन्द्धी त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान बनायो । उसले आर्मीलाई तीन दुईको प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो ।

जितसँगै एपीएफ समुह ए बाट विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।

अर्को खेलमा न्यू डायमण्ड क्लवले विजयी सुरुवात गरेको छ । खेलमा न्यू डायमण्डले घरेलु टिम रेडियो दिदीबहिनी टिमलाई तीन शुन्यको सोझो सेटमा हरायो । यो जितपछि उपाधिको दाबेदार टिम न्यू डायमण्ड सेमिफाइनल नजिक पुगेको छ ।

पाँच टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाउनेछन । प्रतियोगितामा यी दुई टिम बाहेक एपीएफ, आर्मी र नेपाल पुलिस क्लवको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button