तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान सरकार बिकासको गतिमा तीव्रताका साथ दौडिरहेको छ : मन्त्री बाँस्कोटा

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सहरी बिकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार बिकासको गतिमा तीब्रताका साथ दौडिरहेकोले कसैले अवरोध सृर्जना गर्दैमा नडगमगाउने दाबी गर्नुभएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले महेन्द्रनगरमा आयोजना गरेको तेह्रौं सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री बाँस्कोटाले नीजि क्षेत्रलाई पारदर्शी भएर कर तिर्न र लगानी बढाउन आग्रह गर्नुभयो ।

उहाँले सरकारी, गैरसरकारी र नीजि लगानीमा स्रोत साधनको पहिचान गरी उत्पादकत्व र रोजगारी सृर्जना गर्ने सरकारको दीर्घकालीन नीति रहेको उल्लेख गर्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले एमसिसीका सन्दर्भमा व्यापक छलफल भइरहेकोले सरकारले एमसिसी सम्झौता गर्ने जिकिर गर्नुभयो ।

मन्त्री बाँस्कोटाले अन्य राष्ट्रसँग पनि सरकारले सम्झौता गर्ने उल्लेख गर्नुभएको छ । शिक्षा, भूमि लगायतका बिषयमा पनि सरकारको नयाँ नीति आइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले सुदूरपश्चिम प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि सकृयता बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button