२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अङ्गीकृत नागरिकता एकसय ७५ लिए

रेडियो नेपाल २०७६ फागुन ८ गते ११:०६

तुलसीपुर । नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङजिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २६, २०७३÷७४ मा २१, २०७४÷७५ मा ३३, २०७५÷७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् ।

अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उहाँले जानकारी दिनुभयो ।
संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

५ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

६ घन्टा अगाडि गुरमुरत यादव