तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रोर्बटको प्रयोग

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री योगेश भटराईले मुलुककको एक मात्र अन्तराष्ट्रिय विमान स्थल प्रविधिमैत्री हुदै गएको वताउनु भएको छ ।

विमानस्थलमा राखिने रोर्बटको आज उद्दघाटन गर्दे मन्त्री भटराईले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्न यस रोर्बटले सहयोग गर्ने वताउनु भयो ।

विमान स्थलको अध्यागमन प्रणालीमा सुधार गरिएको उल्लेख गर्दे मन्त्री भटराईले स्रोतको सिमितता भएपनि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल सहित अन्य विमानस्थललाई सुविधा सम्पन्न वनाउदै लगिने वताउनु भयो । नेपाली प्रविधिकहरुले निर्माण गरेको रोर्बटले विभिन्न सुचनाहरु उपलब्ध गराउँछ ।

नेपाली , अंग्रेजी र चाईनिज गरि तीन भाषामा रोर्बटले प्रयोगकर्तालाई सुचना उपलब्घ गराउने नेपाल नागरिक उडडयान प्राधिकरणले जनाएको छ । प्राधिकरण , नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयको संयुक्त खर्चमा रोर्बट तयार पारिएको हो । ”पर्यटन परि” नाम दिएको दुई वटा रोर्बट पाईला टेक्नोलाजीले निर्माण गरेको हो ।

अन्तराष्ट्रिय विमानस्थलमा राखिएका रोर्बटले नेपाल आउने पर्यटकहरुलाई नेपालको वारेमा जानकारी लिन सहज हुने वताईएको छ । नेपालको ट्रेकिङ, संस्कृति ,समाज साथै विमानस्थल भित्रको स्थानहरु पत्ता लगाउन रोबर्ट मार्फत सहज हुने पाईला टेक्नोलोजीका आयुस कसजुले वताउनु भयो । विमान स्थलमा आईपुगेका पर्यटकले जानकारीका लागि कर्मचारीसँग सोधिरहनु पर्ने बाध्यता यस रोर्बटले हटाईदिने कसजुले वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button