तपाईँ सुन्दै हुनुहुन्छः

सेना दिवसमा आयोजित दौडमा सचिन र विष्णु प्रथम

तनहुँ । नेपाली सेना दिवसका अवसरमा श्री न ३ बाहिनी अड्डा खैरेनीटारद्धारा आयोजित दौडमा सचिन राना र विष्णु तिमल्सेना प्रथम हुनुभएको छ ।

“स्वास्थ्यको लागि दौड”भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा शुक्लागण्डकी १० पौवाका २१ बर्षीय राना पुरुष तर्फ र शुक्लागण्डकी ६ नौविसेकी २१ बर्षीया तिमल्सेना प्रथम भएका हुनुभएको हो ।

प्रतियोगिताका रुपमा नभई सवै उमेर समुहका स्थानीय धावकहरु बीच गरिएको दौड कार्यक्रममा १९ मिनेट १३ सेकेण्डमा निर्धारित ५ किलोमिटको दुरी रानाले पार गर्नुभएको थियो । यस्तै तिम्सेनाले सोही दुरी २१ मिनेट ३६ सेकेण्डमा पार गर्न सफल हुनुभएको थियो ।

महिला र पुरुष तर्फ प्रथम हुने दुवै जनालाई शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइली र अड्डाका पृतनापति सागरबहादुर थापाले संयुक्त रुपमा माया चिनो सहित सम्मान गर्नुभयो ।

खैरेनीटार स्थित हुलाक चोक देखि रहरमान चोक, स्याङ्जाली डाँडा, ढकाल कुना हुदै नौविसेसम्मको दुरीमा भएको दौड कार्यक्रममा यस क्षेत्रका २ सय ५० धावकहरु सहभागि भएको अड्डका मेजर गुणराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button