२०७८ साल वैशाख २८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षीद्वारा राष्ट्रिय सभा अवरुद्ध

समिर जंग शाह २०७६ फागुन ८ गते १४:२२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको सम्बन्धमा सार्वजनिक भएको समाचारका बिषयमा निश्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकको सुरुमा समय माग गरी नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले भ्रष्टाचर बिरुद्ध शुन्य सहनशिलता अपनाएको अभिव्यक्ति दिने प्रधानमन्त्रीसँग घटनाबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

उहाँले सञ्चारमन्त्रीलाई पदबाट बर्खास्त गरी छानविन गर्न माग गर्दै त्यसो नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमुख प्रतिपक्षी दलले उठाएको बिषयमा सदन र जनतालाई जानकारी गराउन र सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीले उठाएको बिषयमा ध्यानाकर्षण भएको र जवाफ आउने भन्दै सदन सुचारु गर्न सहयोग गर्न पटक पटक आग्रह गरेपनि नेपाली कांग्रेसका सांसदहरुले उठेर बिरोध गरेपछि बैठक फागुन १५ गते दिउँसो १ः०० बजे बस्नेगरी स्थगित भएको घोषणा गर्नुभयो ।

सम्बन्धित

कृषि अनुदान रकममा वृद्धि गरिने

६ घन्टा अगाडि रेडियो नेपाल