तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल रेडक्रस सोसाईटीमा भएको भ्रष्टाचारका बिषयमा आवश्यक अनुसन्धान गरी कारवाही गर्न समितिको निर्देशन

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधीसभा राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले नेपाल रेडक्रस सोसाईटीमा भएको भ्रष्टाचारका बिषयमा आवश्यक अध्ययन र अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा बसेको बैठकमा सदस्यहरूले रेडक्रसमा भएको भ्रष्टाचार र अनियमितताको विषयमा उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री रामवहादुर थापाले नेपाल रेडक्रस काठमाडौको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको देखिएको हुनाले सो मार्फत अनुसन्धान प्रकृया अगाडि बढाईएको जानकारी दिनुभयो ।

मन्त्री थापाले नेपाल रेडक्रसले आर्थिक कारोवार गर्दा समाज कल्याण परिषद् र अर्थ मन्त्रालयसँग स्वीकृति लिनुपर्ने भएपनि स्वीकृति नलिएको पनि जानकारी दिनुभयो ।

बैठकमा मन्त्री थापाले नेपालमा यस्ता गैह्रसरकारी संस्थाहरू मार्फत वार्षिक ५० अर्ब बरावरको अनुदान आउने गरेको देखिएको बताउनुहुँदै त्यसलाई अनुगमन गर्न मन्त्रालयले कानून निर्माणको प्रकृया अगाडि बढाएको बताउनुभयो ।

बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल रेडक्रस सोसाईटीमा भएका भ्रष्टाचारको छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो मार्फत महानगरिय प्रहरी काठमाडौले पनि अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button