२०७८ साल जेठ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा सडक दुर्घटनामा ६ नेपालीको मृत्यु

रेडियो नेपाल २०७६ फागुन ८ गते १४:५२

काठमाडौं । भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। भारतीय अनलाइन द न्युज मिनेटका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो।

दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ। बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।

सम्बन्धित

खैरहनीबाट १ लाख ७८ हजार नगदसहित ७ जुवाडे पक्राउ 

८ घन्टा अगाडि सूर्यप्रसाद अधिकारी