तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पाँच लाख राशीको प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु

अछाम । अछाममा पाँच लाख पुरस्कार राशीको प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा जिल्लाको साँफेबगरमा प्रतियोगिता शुरु भएको हो ।

जिपी कोईराला फाण्उण्डेशनको आयोजना र साँफेबगर नगरपालिकाको सह–आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा बिजेताले नगद पाँच लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उप–बिजेताले नगद दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० हजार प्राप्त गर्ने फाउण्डेशनका अध्यक्ष यज्ञ प्रसाद ढुंगानाले बताउनुभयो ।
त्यस्तै प्रतियोगितामा शान्तवना टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

खेल अवधिभर बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बिभिन्न क्षेत्रका १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्घाटन गर्नुभयो ।

बडुले खेलकुदको नियम र आचारसंहिता राजनीतिमा पनि पालना हुनसके देश सम्वृद्ध हुने बताउनुभयो । ‘खेलकुदमा राजनीति नभएर राजनीतिमा खेलकुद घुसे राजनीति सफा खेल हुने थियो । बडुले भन्नुभयो ।

अछाममा ठुलो धनराशीको खेलकुद प्रतियोगिता हुन आफैमा राम्रो कार्य भएको र यसबाट खेलाडीलाई हौसला थपिने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button