तपाईँ सुन्दै हुनुहुन्छः

स्वीस दूताबासको खण्डन: सञ्चारमन्त्री प्रकरणमा दूताबासको संलग्नता नरहेको र मिश्र आफ्नो देशको एजेण्ट नभएको प्रष्ट

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ ।

दूताबासले आज एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउदै समाचारमा उल्लेखित व्यक्तिसँग दूताबासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button