तपाईँ सुन्दै हुनुहुन्छः

‘न्याय सम्पादन प्रणालीलाई छिटो छरितो तुल्याउन कुनै कसुर बाँकी नराख्ने’

फाइल तस्बिर

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा (जवरा)ले निस्पक्ष न्याय सम्पादन गर्न न्यापालिका नचुक्ने बताउनु भएको छ ।

सार्वोच्च अदालत बार एशोसिएशन को ४७औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधान न्यायायाधिश राणा (जवरा)ले न्याय सम्पादन प्रणालीलाई छिटो छरितो तुल्याउन कुनै कसुर बाँकी नराख्ने बताउनुुभयो ।

प्रधानन्यायाधिश राणाले सर्बोच्च अदालतमा रहेका मुद्धाको चाप कम गर्न समय सापेक्ष पेशीको ब्यवस्थापनमा नयाँ प्रणाली अबलम्बन गरिएको जानकारी दिनुभयो ।

उहाँले निस्पक्ष, स्वतन्त्र र सक्षम न्यायपालिका बनाउन न्यायकर्मी र कानून व्यावसायीको एकता र सहकार्य आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा सर्बोच्च अदालत बारएशोसिएशनका अध्यक्ष खगेन्द्र प्रसाद अधिकारी , नेपालबार एिशोसिएशनका अध्यक्ष चण्डेश्वरप्रसाद श्रेष्ठ लागयतले जनताले न्यायको अनुभुत गर्ने गरी न्यायकर्मी र कानूनव्यावसायीहरुले काम गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रमको अवसरमा सर्वोच्च बार एशोसिएशन परिसर भित्र पूर्व बरिष्ठ अधिवतmा स्व.कुसुम श्रेष्ठ र स्व.बासुदेब ढुंगानाको नाममा स्मृति कक्ष र कुसुम स्मारिकाको विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button