२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्री तथा सेना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

कुमोद अधिकारी २०७६ फागुन ८ गते १७:१७

बिराटनगर । महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले मोरङको धनपालथान गाउपालिका वार्ड न ३ मा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सुर्यदल गण थलाहाको आयोजनामा भएको एकदिने स्वास्थ्य शिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा स्त्रीरोग, नाक, कान, घाटी, बालरोग, हाडजोर्नी तथा जनरल मेडिकल उपचार सेवा प्रदान गरिएको थियो ।

शिविरमा पुर्वी पृतनापती अनन्त कार्की, दुई नम्बर अड्डा बाहिनी पति यामप्रसाद ढकाल,सुर्यदलगण थलाहाका प्रमुख सेनानी रघुनाथ पौडेल, धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंह, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल समेत शिविरमा सहभागी थिए । कोशी अस्पताल, न्युरो अस्पताल, विराटन आँखा अस्पतालका तथा नेपालीसेनाका चिकित्सक तथा विराटनगर लायन्सक्लवले सेवा प्रदान गरेका थियो ।

शिविरमा आएका विरामीलाई निशुल्क औषधि वितरण गरिएको थियो । सो अवशरमा विपद् व्यवस्थापन गण सुन्दरीजलवाट आएका सेनाको टोलीले गाउघरका सवैघरमा ग्यास चुलो भएकाले कुनै समस्या वा अप्रिय घटना भएमा यसवाट कसरी वच्न सकिन्छ भन्ने विषयमा अभ्यास गरेर सर्वसाधारणलाई देखाएका थिए ।

सम्बन्धित

भीमेश्वरको सिलामा पसिना

१८ मिनेट अगाडि चिरञ्जीवी मास्के