२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री डा. खतिवडासँग संयुक्त राज्य अमेरिकाका कंग्रेस सदस्यकोे भेटवार्ता

रेडियो नेपाल २०७६ फागुन ८ गते १८:२०

काठमाडौं । माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाको Congress का सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा माननीय अर्थमन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो ।

भेटमा अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियोे । उहाँले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नु हुदै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताउनुभयो । विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको बताउनुभयो । उहाँले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकीका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिनुभयो ।

माननीय अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्नु हुदै यसमा थप सहयोग आवश्यक भएको बताउनुभयो ।

भेटमा माननीय अर्थमन्त्रीले एमसिसि (MCC) अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्नु हुँदै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास लिनु भयो ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले माननीय नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राख्नुभएको थियो ।

सम्बन्धित

कांग्रेस संसदीय दलको बैठक बस्दै

१० सेकेन्ड अगाडि रासस

मौसममा आजदेखि सामान्य सुधार हुने

३१ मिनेट अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

३७ मिनेट अगाडि रेडियो नेपाल