तपाईँ सुन्दै हुनुहुन्छः

२२ औ बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी पुरा

सुनसरी । २२ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ ।

फागुन १० गतेदेखी १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

धरान रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले खेल मैदानको व्यवस्थापन, प्याराफिट निर्माण, टिम व्यवस्थापन, अनलाइन टिकेटिङ सुविधा अतिथि आमन्त्रण लगायत सम्पूर्ण तयारी पूरा भएको बताए । गोल्डकपमा २ विदेशी सहित ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विदेशी टिम दुर्गापुर वेष्ट बंगाल र युके एफसि भारत सहित नेपालका मनाङ मस्र्याङ्दी क्लब काठमाडौ, नेपाल पुलिस क्लब काठमाडौ, मच्छिन्द्र क्लब काठमाडौ, बेलबारी फुटबल क्लब मोरङ, मेचि नेत्रालय फुटबल ट्रेनिङ सेन्टर झापा र आयोजक धरान फुटबल क्लबको सहभागीता रहनेछ । उहाले जापानिज टिम पनि सहभागी हुने फाइनल भए पनि कोरना भाइसको कारण जापानिज टोली सहभागी नहुने भए पनि प्रतियोगितको तालिका भने परिवर्तन नगरिएको जानकारी दिए ।

प्रतियोगितामा ६५ वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था समेत क्लबले मिलाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार, सर्वाधिक गोलकर्ताले नगद २५ हजार पुरस्कार जित्नेछन् । त्यस्तै उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार जित्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button