तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई सम्हाल्ने गरी तोक्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राजीनामा दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा खतिवडालाई कार्यभार तोक्नुभएको हो ।

यस्तै बाँस्कोटाले सम्हाल्दै आउनुभएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button