तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेमा ३० अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहिवार उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले बिहिवार झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो ।

नेप्से उच्च अङ्कले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । बिहिवार १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयरहरु दुई अर्ब ७८ करोड ५० लाख चार हजार मूल्यमा किनबेच भएका छन् । नेप्सेका अनुसार कारोवार भएका कूल १२ मध्ये दुई समूहको शेयर ओरालो लागेको छ भने १० समूहको शेयर बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button