२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

शिवरात्री पर्वको आवश्यक तयारी पुरा

बालिका मादेन २०७६ फागुन ८ गते १९:३९

काठमाडौं । भोली महाशिवरात्रीका दिन पशुपतिनाथको दर्शनका लागि आवश्यक तयारी पुरा भएकोे पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भोली पशुपतिनाथको दर्शनका लागि पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खुला गरिने कोषका प्रचारप्रसार उपसमितिका संयोजक डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शिवरात्री पर्वमा नशालु पदार्थहरुको विक्री वितरण, सेवन र प्लाष्टिक जन्य सामग्री प्रयोगमा रोक लगाईएको छ ।