तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कम्युनिष्ट पार्टी आदर्शबाट बिचलन तर्फ उन्मुख हुने संकेत : प्रचण्ड

भक्तपुर।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी आदर्शबाट बिचलन तर्फ उन्मुख हुने संकेत देखिन थालेको बताउनुभएको छ ।

नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानले आज भक्तपुरको नयाँ थिमीमा आयोजना गरेको भवन शिलान्यास समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कतिपय संस्कार,संस्कृति, बिचार र प्रबृत्तिका कारण नेकपामा आदर्शबाट बिचलन हुने घटनाका संकेत र लक्षण दखिन थालेको बताउनुभयो ।

कार्यक्रममा आफु राष्ट्रिय घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार जान परेका कारण दबाबमा रहेको भन्दै उहाँले संसारमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय तर शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयोर्,हाम्रो नियति पनि कतै त्यतै जाने होईन भन्ने खतराको संकेत देखिन थालेको छ अर्थात बिग्रीन बिग्रीन थालेको देखिन थालेको छ ,तर बिग्रीसक्यो भन्ने होईन ’।

हिजो आन्दोलन र संघर्षमा जाँदा बलिदान र यातना भोग्न तयार हुने नेताहरु आज शासनमा पुगेपछि जनताबाट टाढिन खोज्नु नहुने बताउनुभयो ।उहाँले भन्नुभयो,“हिजो जेल,नेल ,यातना र बलिदानका लागि किर्तीमान गर्ने कम्युनिष्टहरु आदर्शबाट बिचलित हुनु हुन्न ।”Image may contain: 12 people, people sitting

गल्ती र कमजोरी गर्नेलाई पार्टीले कारवाही गरी शुद्घिकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले राजनीतिक स्थायित्वको लागि दुई पार्टी एक भएको र त्यसलाई जनताले समेत अनुमोदन गरेको बताउनुहुँदै यसलाई सुदृढ गर्नु चुनौतिपुर्ण रहेको बताउनुभयो ।Image may contain: 18 people, crowd and outdoor

नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार बिकास र समृद्धिको सपना पुरा गर्न नसके दुर्भाग्य हुने बताउँदै उहाँले यस बेला नेकपा र नेकपा नेतृत्वको सरकार बिशेष परिस्थितिमा रहेको उल्लेख गर्नुभयो ।प्रचण्डले भवन निर्माणका लागि केन्द्र,प्रदेश र स्थानीय तीनै तहका सरकारले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नारायण बिलाश जोशीको योगदानको चर्चा गर्दै भवन निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button