तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा नयाँ रेर्कड, तोलाको ७८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ रेर्कड कायम हुँने क्रम रोकिएको छौन । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाल सुन तोलाको ७८ हजार १ सय कायम भएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो । विहीबार छापावाल सुन ७७ हजार ६ सय तथा तेजावी सुन ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button