तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार क्षेत्रले सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्छ : मन्त्री पुन

फाइल तस्बिर

बिराटनगरर । उर्जा, जलस्रोेत तथा सिचाई मन्त्री बर्षमान पुनले जनताको बिश्वास जित्ने गरी मिडियाले आफुलाई स्थापित गर्नुपर्ने बताउनु भएको छ ।

बिराटनगरबाट आजबाट प्रकाशित हाम्रो मत दैनिक पत्रिकाको सार्वजनिकिकरण गर्नुहुँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभिभारा पुरा गर्ने दायित्व सबै मिडियाकर्मीको रहेको बताउनुभयो ।

आर्थिक समाजिक तथा समृद्धिको अभियानमा मुलुक अघि बढेकाले सञ्चार जगतले पनि सत्य तथ्य समाचार सम्प्रेशण गरेर जनताको आकांक्षा संबोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री पुनले दलका नेता हुन वा नेपाल सरकारका मन्त्री उनीहरुले बोलेको र गरेको कुरा जस्ताको त्यस्तै जनता समक्ष प¥याउनु मिडियाकर्मीको दायित्व रहेको बताउनभयो ।

प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले संविधान र संघियता कार्यान्वयमा सञ्चारकर्मीको भूमिका महत्वपुर्ण रहने बताउनुभयो । उहाँले संघिय संरचना अनुसार मुलुक नँया अभ्यासबाट अघि बढिरहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश न १ लाई सुखि र सम्मुनता प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेकाले त्यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले पत्रकारहरुको व्यवसायिक हकहितका लागि प्रदेश सरकार तथा स्थानीय तहहरुले छुटै निति बनाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश न १ नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव, नेकपाका युवा नेता शिव डांगीले आवाज बिहिनहरुको आवाज बन्ने गरी मिडियाले काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button