तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट बालकको मृत्यु

दोलखा । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीमा शिवरात्रीको पुजालाई चन्दा सङ्कलन गरिरहेका एक बालकलाई बसले ठक्कर दिदा उनको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवरात्रीको पुजाको लागि सवारी साधनहरुसँग चन्दा सङ्कलन गर्न कम्मरमा डोरी बानेर सडक छेउमा बसेका कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुन्द्रावतीका १० बर्षिय बालक पुजन थामीलाई बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिदा थामीको घट्ना स्थलमै मृत्यु भएको दोलाखका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

चरिकोटबाट सिंगटीतर्फ जाँदै गरेको उक्त बससँग चन्दा सङ्कलन गर्न मृतक बालकले कम्मरमा डोरी बाँधेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

बसको चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बोहोराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button