तपाईँ सुन्दै हुनुहुन्छः

सेना दिवस : पत्रकार विभूषित   

काठमाडौँ –    महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ ।

सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दैआएका पत्रकारलाई उक्त पदकबाट विभूषित गर्नुभएको हो ।

विभूषित हुनेमा नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी), परशुराम काफले (नयाँ पत्रिका) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) हुनुहुन्छ ।

समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button