तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामलाई खुल्ला मदिरामुक्त शहर बनाइने : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेकाले शहरलाई खुला मदिरा मुक्त बनाउने बताउनु भएको छ ।

महाशिबरात्रीको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामले आज आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले जनकपुरधामको धार्मिक महत्व एवं गरिमालाई दृष्टिगत गरेर खुला मदिरा मुक्त शहर घोषणा प्रदेश सरकारको दृष्टिकोण रहेको बताउनुभयो ।

उहाँले प्रदेश नंं २ सरकारमा प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियानको शुभारम्भ जनकपुरधामबाट गरि क्रमशः प्रदेश भरि नै लागु गरिने बताउनुभयो ।

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र जनकपुरका सञ्चालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोलनले शान्ति बिना बिकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आप्mनै भित्रबाट शान्तिको खोजी गरिनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, गौं संरक्षण मञ्चका अध्यक्ष जगदिश साह सहितका वक्ताहरुले आत्मशुद्धिले मानवमा सचरित्रको निर्माण गर्ने बताउनुभयो ।

यसै उपलक्ष्यामा राजयोग सेवा केन्द्र जनकपुरले नगरमा शान्ति यात्रा समेत निकालेर नगरको परिक्रमा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button