तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र क्लब सताक्षी गोल्डकपको फाइनलमा

झापा । सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उपाधिका लागि मच्छिन्द्रले थ्रीस्टार क्लबको सामना गर्नेछ । आयोजकलाई हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको हो । थ्रीस्टार लिगको अंक तालिकामा चौथो स्थानमा रहेको थियो ।

झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्रले आर्मीविरुद्ध दुई गरेको थियो ।

खेलको सुरुवातदेखि नै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो । खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ७४ औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोल किप्परबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा अर्को गोल भएको थियो ।

सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button