तपाईँ सुन्दै हुनुहुन्छः

सरसफाइ प्राविधिक घुससहित पक्राउ

रासस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई दुई लाख रुपैया घुससहित पक्राउ गरेको छ ।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित पक्राउ गरी आज सार्वजनिक गरिएको अख्तियारले जनाएको छ ।

प्राविधिक केसीले झोलुङ्गे पुल निर्माणपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button