तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी देशको हितमा  :अध्यक्ष थापा

फाइल तस्बिर

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसीसी देशको हितमा रहेको बताउनु भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले दलीय सहमतीमा तयार पारिएको एमसीसीका सम्बन्धमा विवाद गर्नुको औचित्य नरहेको बताउनुभयो ।

अध्यक्ष थापाले हालैको अडियो प्रकरणमा तत्काल एक्सन लिएकोमा प्रधानमन्त्री धन्यवादको पात्र हुनु भएको उल्लेख गर्दै यस प्रकरणमा अख्तियारले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरि सबैलाई कानुनी दायारामा ल्याउनु पर्ने बताउनुभयो ।

उहाँले बिकास र समृद्धिका लागि सबैभन्दा ठुलो चुनौती भष्ट्राचार रहेकोले यसलाई रोक्न अब जनता जाग्नु पर्ने बताउनुभयो ।
संचारक्रर्मीको जिज्ञासामा अध्यक्ष थापाले राप्रपा संयुक्त र राप्रपा पार्टी बिचको एकिकरणका लागि ढोका खुला रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button