२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा चट्याङबाट १४ महिने बालकको मृत्यु, आमा घाईते

टेकराज भण्डारी २०७६ फागुन १० गते १५:०९

अछाम । अछाममा चट्याङ लागेर १४ महिनाका बालकको ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा न. ४ जैसुरमा धर्म कामीको घरमा चट्याङ पर्दा उनका १४ महिनाका छोरा रोहित कामीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राती ११ बजे हावाहुरी तथा बर्षासंगै चट्याङ परेको थियो ।

चट्याङबाट आमासँगै सुतेका बालकको ज्यान गएको र धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।

चन्द्राको छाती पिठ्यु र टाउकोमा जली निलडाम रहेको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो ।
चट्याङबाट धर्मको गोठमा रहेका दुई हल गोरु र छिमेकी मनसरा कामीको एक बाच्छो मरेको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो ।

घटनाबारे बुझ्न तथा पीडितको उद्धारका लागि कमलबजार ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुङको नेतृत्वमा पाँच जना तथा तुर्माखाँद प्रहरी चौकीबाट हरकसिंह लोत्थालको नेतृत्वमा पाँच जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरी र स्थानीय जनप्रतिनिधिले उद्धार तथा घाईतेको उपचारका लागि पहल गरेका वडा अध्यक्ष कबिराम बयकले बताउनुभयो ।

घटनास्थल तुर्माखाँद प्रहरी चौकीबाट करिब ६ किलोमिटर दक्षिणमा रहेको छ । बिहान साढे ८ बजे घटनाबारे प्रहरीलाई खबर आउनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको बताईएको छ ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

५ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

६ घन्टा अगाडि गुरमुरत यादव