तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा बागमती प्रदेशस्तरिय सुरक्षा गोष्ठी सुरु

मकवानपुर । बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आजबाट प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र गृहमन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी सुरु भएको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा सुरु भएको गोष्ठीमा १३ वटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसंधानका प्रमुखलगायत प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणका विभिन्न योजना र उपाय तथा चीन र नेपालको सीमाना सम्बन्धि समस्या समाधानको विषयमा छलफल हुने बताईएको छ ।

भोली सम्म चल्ने गोष्ठीमा भोली गृहमन्त्री रामबहादुर थापा सहभागी हुनुहुने कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो । उहाँले बागमती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा विशेष निर्देशन दिनुहुने समेत जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button