तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई निर्यात मूलक देशमा रूपान्तरण गर्नु वर्तमान सरकारको दायित्व : प्रधानमन्त्री

Image may contain: 4 people, people standing

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीको ६९औं जन्मदिनको अवसर पारेर प्रकाशित उहाँको पुस्तक ‘भिजन टु एक्सन’ अर्थात कल्पनादेखि कर्मसम्मको राष्ट्रकवि माधव प्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित त्यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा नेपाल अगाडी बढिसकेको र अबको केही बर्षमा नेपालमा कोही पनि गास, बास र कपासको अभावमा रहेको नेदेखिने बताउनुभयो ।

Image may contain: 2 people, people standing

बर्तमान सरकारको दुई बर्षे कार्यकालमै नेपाल सडक मानवमुक्त देश भईसकेको र हरेक दिनमा छ किलोमिटरका दरले देशमा गुणस्तरीय सडकहरु निर्माण भईरहेको, दुई बर्षमा तीन सय ६५वटा पुल निर्माण भईसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यही नै समृद्धिको यात्रा हो र यो यात्रा देशका हरेक क्षेत्रमा अगाडी बढिरहने बताउनुभयो ।

समृद्ध देशसँगै सुन्दर समाजको निर्माण बर्तमान सरकारको सपना भएको बताउंदै प्रधानमन्त्री ओलीले सबैलाई सपार्ने बाटोमा लिएर गरिबीको पूर्ण रुपमा अन्त्य गरेर समृद्धितर्फ लाग्ने कुरा आफूले पुस्तकमा उल्लेख गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्धिका लागि अब उत्पादन र उत्पादकत्व बढाएर देशलाई निर्यातकर्ता देशको रुपमा रुपान्तरण गर्नु बर्तमान सरकारको दायित्व भएको बताउनुभयो ।

Image may contain: 1 person, standing

प्रधानमन्त्री ओलीले बिधुत निर्यात गर्ने देशका रुपमा नेपाल स्थापित भईसकेको र अबको केही बर्षमै थुप्रै क्षेत्रमा आधारहरु बनेकाले छिमेकीहरुसँगको पारस्परिक लाभ र समानताका आधारमा नेपालले बिकास पथमा निकै फड्को मारेको देख्न पाईने बिश्वास दिलाउनुभयो ।

कार्यक्रममा पुस्तकका टिप्पणीकारद्धय डा.शम्भुराम सिम्खडा र डा.बिन्दु लोहनीले प्रधानमन्त्रीको पुस्तकले कानूनको शासन र आर्थिक बृद्धिको मार्गबाट देशलाई सकारात्मक रुपान्तरण र बिकास पथमा अगाडी लैजान सकिने स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीका ९० वर्षीय बुबाले प्रभानमन्त्रीसँगै मञ्चमा गएर ब्यानरकार रुपमा राखिएको पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानरसमेत सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मदिनको अवसरको पूर्व सँध्यामा कार्यक्मको आयोजना गरिएको थियो ।

उहाँको ६९औं जन्मदिन भोली फागुन ११ गते आईतबार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button